६ असार, दाङ ।
इस्लाम धर्मावलम्बीहरुको चाड बक्र इद (ईद–उल–अजहा) को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आज श्रावण ६ गते बुधबार देशभरका सरकारी कार्यालय र निकाय तथा विदेशस्थित नेपाली नियोगहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो। बकर इद रमजान (इदुलफित्र) पछि इस्लामहरुको दोस्रो ठूलो चाड हो ।
इस्लामिक पात्रोअनुसार १२ औँ महिनाअर्थात् दिल हिज्जाको १० औँ दिन यो पर्व मनाउने गरिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिए ।
यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मीरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भएकाले मुस्लिम आयोगलगायत निकायले विज्ञप्ति जारी गरी घरमै बसेर सुरक्षितरुपमा बकर इद मनाउन आह्वान गरेका छन् ।