बिहान काडमाडौँमा भूकम्पको झड्का, दिउँसो एमाले अध्यक्ष ओलीलाई झड्का : कम्युनिस्टका शीर्ष नेता एउटै मञ्चमा – Kanika Khabar
Sunday, May 5Nepali News Portal

बिहान काडमाडौँमा भूकम्पको झड्का, दिउँसो एमाले अध्यक्ष ओलीलाई झड्का : कम्युनिस्टका शीर्ष नेता एउटै मञ्चमा

    मा प्रकाशित

साउन ८, दाङ ।
काठमाडौँ उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । आज विहानै भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर गएको ३.५ म्याग्निच्युटको भूकम्पले काठमाडौँमा धक्काको महसुस गराएको छ भने आज दिउँस नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई कम्युनिस्टका शीर्ष नेता एउटै मञ्चमा भेला भएर राजनीतिक झड्का दिन लागेका छन् ।

आज शुक्रबार नेपालका कम्युनिस्ट पार्टीका शीर्ष नेता एकै मञ्चमा भेला हुने भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाहेकका शीर्ष कम्युनिस्ट नेताले आज एकै मञ्चबाट सम्बोधन गर्न लागेका हुन् ।

पुष्पलाल स्मृति दिवसको अवसरमा आज पुष्पलाल मित्रता केन्द्रले आयोजना गर्न लागेको प्रवचन कार्यक्रममा कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु सहभागी हुन लागेका छन्।

केन्द्रले आयोजना गर्ने ‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयक प्रवचन कार्यक्रममा सात जना कम्युनिस्ट नेता सहभागी हुनेछन्।

केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाका अनुसार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा कार्यक्रम आयोजना गर्न लागिएको छ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्