घरमा लुकाई राखेको २७ थान ४५ क्यू फिट सालको काठ बरामद – Kanika Khabar
Saturday, May 4Nepali News Portal

घरमा लुकाई राखेको २७ थान ४५ क्यू फिट सालको काठ बरामद

    मा प्रकाशित

साउन १३, दाङ ।
दाङ प्रहरीले घरमा लुकाई राखेको सालको काठ बरामद गरेको छ । हिजो मंगलबार घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरका दुर्गा केसीको घरमा लकुाई छिपाई राखेको अबैध सालको काठ दाङ प्रहरीले बरामद गरेको छ।

मंगलरबा दिउँसो साढे २ केसीको घरबाट २७ थान ४५ क्यू फिट सालको काठ बरामद गरी आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय घोराहीमा पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनुभयो ।

सोमबार मात्र दाङ प्रहरीले देउखुृरीको लमही नगरपालिका वडा नं। २ राजपरुघाटबाट अबैध काठ ओसार पसार गर्दै गर्दा एउटा ट्याक्टर र २ जनालाई नियन्त्रणमा लिएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्