तालिबानलाई सहयोग गर्ने चीनको प्रतिवद्धता – Kanika Khabar
Saturday, May 4Nepali News Portal

तालिबानलाई सहयोग गर्ने चीनको प्रतिवद्धता

    मा प्रकाशित

एजेन्सी ।
चीनले अफगानिस्तान पुनःनिर्माण गर्न तालिबानलाई साथ दिने प्रतिवद्धता व्यक्त गरेको छ। आज चिनियाँ विदेशमन्त्री वाङ यीले तालिबानका प्रतिनिधिसँगको छलफलमा तालिबानलाई समर्थन जनाउने प्रतिवद्धता जनाएका हुन्।तर, तालिबानले इस्ट तुर्किस्तान इस्लामिक मुभमेन्ट ईटीआईएमसँगको सम्बन्ध तोड्नुपर्ने चीनले सर्त राखेको छ।तालिबानको प्रतिनिधिमण्डललाई तालिबानका सह–संस्थापक तथा मुख्य वार्ताकार मुल्ला अब्दुल गनी बरादारले नेतृत्व गर्नुभएको छ ।

चीनियाँ विदेशमन्त्री यीले अमेरिकी नीति अफगानिस्तानमा असफल भएको कारण नेटोका सेनाहरु अफगानिस्तानबाट फर्किन थालेको बताएको जनाएको छ। उहाँले तालिबानले अफगानिस्तानमा शान्ति ल्याउन भूमिका खेल्नु पर्नेमा पनि जोड दिनुभयो । यीका अनुसार चीनले अफगानिस्तानको सार्वभौमिकता र क्षेत्रीय अखण्डतालाई समर्थन गर्नेछ यद्यपी तालिबानले इटीआईएमसँगको सम्बन्ध त्याग्नुपर्नेछ।

तालिबानका प्रवक्ता मोहम्मद नइमले छलफलमा भएको विषयबारे ट्विट गरेर राजनीति, अर्थव्यवस्था र दुबै देशको सुरक्षा र अफगानिस्तानको वर्तमान स्थिति र शान्ति प्रक्रिया सम्बन्धी मुद्दाहरुमा छलफल भएको जानकारी दिनुभएको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्