कोरोनाको तेस्रो सम्भावित लहरबाट बच्नको लागि यस्तो छ प्रदेश तहको तयारी – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

कोरोनाको तेस्रो सम्भावित लहरबाट बच्नको लागि यस्तो छ प्रदेश तहको तयारी

    मा प्रकाशित

सजना तिमल्सिना (सीआईएन)
साउन १६, काठमाडौं ।
नेपालले कोरोनाको दोस्रो लहर जसोतसो पार लगायो । तर दोस्रो लहर नसकिंदै तेस्रो लहर सुरु हुन लागेको कतिपय विज्ञहरु बताउँछन् । दोस्रो लहर सुरु हुने बेलामै कोरोनाको तेस्रो लहर आउने र धेरै बालबालिका प्रभावित हुनसक्ने सरकारले बताएको थियो । त्यसै अनुसार तयारीमा जुट्न आफु मातहतका निकायलाई सरकारले बारम्बार निर्देशन दिएको छ ।

असोज दोस्रो साता सङ्क्रमण उच्च विन्दुमा पुग्नसक्ने अनुमानका बीच प्रदेश सरकारले पनि तयारी थालिसकेका छन् । कोरोनाको पहिलो र दोस्रो लहरमा तुलनात्मक रुपमा कम प्रभावित भएको प्रदेश मध्य कर्णाली पनि हो । कर्णालीमा हालसम्म २० हजार एक सय ९० जनालाई कोरोना सङ्क्रमण हुँदा, ४ सय २१ जनाको मृत्यु भएको छ । सङ्क्रमण र मृत्युदर त कम देखिएको छ, तर उपचारका लागि आवश्यक बन्दोबस्तमा पनि कर्णाली कमजोर नै छ ।

प्रदेश सरकारलाई कोरोनाको तेस्रो लहर नआउँदै स्वास्थ्य संरचना बलियो बनाउनु पर्ने चुनौतिसँगै डेढ वर्ष यता थिलथिलो भएको शिक्षा, कृषि र आर्थिक क्षेत्रलाई पनि मजबुद बनाउनु पर्नेछ । कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा किसान केन्द्रित योजना बनाएको बताउनुहुन्छ ।कर्णाली शैक्षिक, आर्थिक र सामाजिक हिसाबले अरु प्रदेश भन्दा पछाडी छ ।

छिमेकी सुदूरपश्चिम प्रदेश पनि विकासको दृष्टिले कर्णाली भन्दा केही कदम मात्रै अगाडी छ । कोरोनाको पहिलो लहरमा भारतबाट फर्किनेहरुका कारण निकै सास्ती ब्यहोरेको सुदुरपश्चिमले दोस्रो लहर पनि जेन्तेन् झेल्यो । अब तेस्रो लहरबाट बढि भन्दा बढि नागरिक सुरक्षित बनाउने अनि रोजगारी गुमाएकालाई काम दिने गरी प्रदेशका योजना बनाएको सामाजिक विकास मन्त्री लालबहादुर खड्काले बताउनुभयो । लुम्बिनी प्रदेश स्वास्थ्य केन्द्रित तयारीमै जुटेको छ भने, गण्डकी र प्रदेश २ ले रोजगारी र शिक्षा केन्द्रित योजना पनि बनाएका छन् ।

बागमति भने कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई सहयोग गर्ने तयारीमा रहेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताउनुभयो । प्रदेश १ सरकारको प्राथमिकता भने शिक्षामा देखिन्छ । विद्यालय जान नपाएका बालबालिकालाई वैकल्पिक सिकाईमा जोड्ने सामाजिक विकास मन्त्री उषाकला राईले सीआईएनलाइ जानकारी दिनुभयो । प्रदेश सरकार संघ र स्थानीय सरकारका पनि कोरोना केन्द्रित योजना छन् । तर बनेका योजना कार्यान्वयनमा भने अघिल्ला वर्षहरुमा झैं समस्या हुनसक्ने विज्ञहरु बताउँछन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्