साउन १६, दाङ ।
मेगा बैंक नेपाल लिमिटेड घोराही शाखाले आज एक कार्यक्रमको आयोजना गरी अम्विकेश्वरी मन्दिर सरसफाई गरेको छ ।
घोराही उप-महानगरपालिका वार्ड नम्बर १८ मा अवस्थित उक्त मन्दिरमा सतीदेवीको दाहिने कान पतन भएको भन्ने जनबिश्वास रहिआएको छ । उक्त मन्दिर परिसरमा अवस्थित अस्ठाई प्रहरी चौकी को सहकार्यमा मन्दिर सरसफाई गरिएको हो ।
सामाजिक उत्तरदायित्व बहन कार्यक्रम अन्तर्गत आज मन्दिरमा सरसफाई गरिएको शाखाका प्रबन्दक बिबेक आचार्यले जानकारी दिनुभयो । सो सरसफाइ कार्यक्रममा बैंकका कर्मचारी , अस्ठाई प्रहरी चौकीका प्रहरीहरु तथा स्थानीय सहभागिता रहेको थियो ।