साउन १९, काठमाडौँ ।
अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन पछि देखिएको एमाले भित्रको विवाद अझै मिल्न सकेको छैन । एकले अर्को पक्षलाइ आरोप प्रत्यारोप लगाउने र अलग्गै भेला तथा बैठक हुने क्रम पनि रोकिएको छैन ।
यसैबीचमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाउनुभएको छ । नेता नेपालले भोली ११ बजेलाई बैठक बोलाउनुभएको छ । केन्द्रीय समिति बैठकमा विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गरिने छ ।
नेता नेपालले हिजो मात्रै आफू पक्षीय स्थायी समिति बैठक बोलाएर पार्टी एकता र पछिल्लो राजनीतिक घटनाबारे धारण सुनेका थिए । नेता नेपालले आफु पार्टी एकताको विपक्षमा नरहेको तर सम्मानजनक एकता नै अहिलेको आवश्यक्ता रहेको बताउदै आउनुभएको छ ।