शिवु खनाल
देउखुरी, २० साउन ।
गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष प्रकाश भण्डारीले मृतकका परिवारलाई आर्थिक सहयोग गर्नुभएको छ । वडाध्यक्ष भण्डारीले बुधबार गढवा गाउँपालिका वडा नम्बर ५ खजराैटा मुक्त कमैया शिविर निवासी मृतक टेकबहादुर बाेटे पुन मगरका परिवारलाई घरमै पुगेर नगद तीन हजार सहयोग गर्नुभएको हाे ।
क्षयरोग उपचारको क्रममा बाेटेकाे आइतवार मृत्यु भएको थियो । बाेटेका दुई छाेरा र तीन छाेरी रहेका छन् । उनिहरूकाे पढाइ खर्चमा समेत सहयोग गर्ने वडाध्यक्ष भण्डारीले प्रतिवद्वता जनाउनुभयाे । यस्तै वडाध्यक्ष भण्डारीकाे पहलमा सिपि नेपाल संस्थाले मृतकका परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
वडाध्यक्ष भण्डारीले काेराेना भाइरस (काेभिड १९) काे संक्रमणकाे बेला विभिन्न स्वास्थ्य संघसंस्थालाई स्वास्थ्य सामग्री प्रदानदेखि लिएरअक्सिजन सहित ग्यास सिलिन्डर सहयोग गर्नुभएको थियो ।