जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुराम भट्टराई चौथो नम्वरमा – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता, बाबुराम भट्टराई चौथो नम्वरमा

    मा प्रकाशित

कनिका संवाददाता

जेठ २५, काठमाडौँ ।

अन्तत: दल दर्ताको अन्तिम दिन आज आइतबार समाजवादी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) निर्वाचन आयोगमा दर्ता भएको छ । दर्ता गर्दा पार्टीको केन्द्रीय अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् ।

दल फुटाउन सहज हुने गरी सरकारले अध्यादेश ल्याएपछि दुई पार्टीबीच वैशाख १० गते मध्यरातमा पार्टी एकताको सहमति जुटेको थियो । तर नेतृत्वमा सहमति जुट्न नसक्दा जसपा निर्वाचन आयोगमा दर्ता हुन सकेको थिएन ।

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच एकता भई बनेको जनता समाजवादी पार्टीमा दुई अध्यक्ष रहने भएका छन्। महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको अध्यक्ष रहने भएको नेता शिवजी यादवले जानकारी दिए।

पार्टीको बरियता क्रममा पहिलोमा ठाकुरको नाम रहेको छ भने बाबुराम भट्टराई चौथो नम्वरमा छन्। यसअघि संघीय समाजवादी पार्टीमा भट्टराई पहिलो वरियतामा थिए।

आयोगमा निवदेन पनि दर्ता भयो, तर चर्चाको विषय चाहिँ पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको बरियतालाई लिएर भएको छ । डा. भट्टराई पार्टीको चौथो बरियतामा झरेको भन्दै सामाजिक सञ्चालमा उनीमाथि खिसिट्युरी समेत सुरु भएको छ ।

यद्यपि, जसपाका नेताहरुचाहिँ डा. भट्टराई आफ्नै राजीखुशीले नै चौथो बरियतामा बस्न तयार भएको र त्याग देखाएको बताउँछन् ।

आयोगमा दर्ता गर्न तयार पारिएको निवेदनमा तीनजना अध्यक्ष र दुईजना वरिष्ठ नेता रहने उल्लेख थियो । जसअनुसार महन्थ ठाकुर र उपेन्द्र यादव कार्यकारी अध्यक्ष, डा. बाबुराम भट्टराई संघीय परिषद अध्यक्ष, अशोक राई र राजेन्द्र महतो वरिष्ठ नेता रहने सहमति भएको छ ।

पहिलो वरियतामा ठाकुर, दुईमा डा. भट्टराई, तीनमा उपेन्द्र यादव, चारमा अशोक राई र पाँचमा राजेन्द्र महतोको थियो ।

‘पार्टीका हरेक निर्णयमा अब दुई अध्यक्षको हस्ताक्षर अनिवार्य हुनेछ’ नेता शिवजी यादवले सेतोपाटीसँग भने। त्यस्तै पार्टीमा वरिष्ठ नेताका रुपमा क्रमशः अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो रहने छन्।

दल दर्ताका लागि पाएको समयको अन्तिम दिन आइतबार पार्टी पदाधिकारीबारे सहमति जुटेपछि दल दर्ता गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्