पेरिस सेन्ट जर्मेन (पीएसजी) को लगातार तेस्रो जित – Kanika Khabar
Monday, May 25Nepali News Portal

पेरिस सेन्ट जर्मेन (पीएसजी) को लगातार तेस्रो जित

    मा प्रकाशित

फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लगातार तेस्रो जित निकालेको छ । गयराति भएको खेलमा ब्रेस्टलाई ४–२ गोल अन्तरले पराजित गर्दै पीएसजीले अपराजित यात्रा कायम राखेको हो ।

पीएसजीलाई जित दिलाउन एण्डर हेरेरा, केलियन एमबाप्पे, इद्रिसा गाना र एन्जल डी मारियाले एक एक गोल गर्नुभयो । ब्रेस्टका फ्रान्क होनोराट र स्टिभ मौनीले एक एक गोल फर्काउनुभयो । यस जितसँगै पीएसजीले ३ खेलमा ९ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।ब्रेस्टले ३ खेलमा २ अंक जोडेको छ । पहिलो हार व्यहोरेको ब्रिस्ट १२ औं स्थानमा रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्