भदौ १४, दाङ ।
संयुक्त राष्ट्रसंघले विश्वका विभिन्न मुलुलाई ‘अफगानिस्तानलाई सहयोग जारी राख्न’ आग्रह गरेको छ । बेलायत, फ्रान्सलगायतका देशले उद्दार कार्य समाप्त गरेसँगै संयुक्त राष्ट्रसंघले मानवीय सहायतालाई निरन्तरता दिनु महत्वपूर्ण भएको भन्दै अफगानिस्तानलाई सहयोग जारी राख्न आग्रह गरेको हो ।
राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त (यूएनसीएचआर)का प्रवक्ता रुपर्ट कोल्भीलले अफगानिस्तानमा अहिले गम्भीर मानवीय अवस्था रहेको र त्यो अझै खराब हुन सक्ने भएकाले अफगानिस्तानलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
अफगानिस्तानका अधिकांश पूर्वाधाहरू भत्किएका भन्दै उहाँले हिउँदभन्दा पहिले नै खाद्यान्न र औषधिहरू आपूर्ति गर्नुपर्ने बताउनुभयो । उहाँले त्यसका लागि अन्य मुलुकले अफगानिस्तानलाई सहयोग गर्नुपर्ने उल्लेख गर्नुभयो ।