४४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

४४ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न

    मा प्रकाशित

असोज १६, दाङ ।
राष्ट्रिय प्रजातन्त्रपार्टी (राप्रपा) ले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आउँदो कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा अधिवेशन सम्पन्न गरेको हो ।

आउँदो बुधबारसम्म सबै जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने राप्रपाले जनाएको छ । पर्सा, स्याङ्जा, महोत्तरी र गोरखामा सम्पन्न अधिवेशनमा विवाद उत्पन्न भएपछि केन्द्रीय निर्वाचन समितिले अर्को निर्वाचन गर्ने निर्णय गरेको छ ।

पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ । यसअघि क्षेत्रीयतथा स्थानीय समितिबाट प्रतिनिधि छनोट गर्ने व्यवस्थाथियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्