असोज १७, दाङ ।
नेकपा माओवादी केन्द्रले सरकारमा मन्त्रीको रुपमा जाने नेताहरूको बारेमा निर्णय गर्न आज स्थायी कमिटीको बैठक बोलाएको छ ।
पेरिसडाँडामा सुरु हुने बैठकमा सरकारमा जाने नेताहरूको बारेमा छलफल गरी टुङ्गोमा पुगिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठक बस्ने समय भने निश्चित नभएको उहाँले बताउनुभयो ।
मन्त्रीका आकाङ्क्षी धेरै भएपछि निर्णयमा पुग्न माओवादी केन्द्रनेतृत्वलाई समस्या भएको छ । हिजोको स्थायी कमिटी बैठकमा विद्यार्थी सङ्गठनको नेतृत्व चयनको बारेमा मात्रै कुराकानी भएको प्रवक्ता महराले जानकारी दिनुभयो ।