दाङ , २० असोज ।
दाङमा गएराति दुई युवकमाथि रड र धारिलो हतियार प्रहार भएको छ । जिल्लाकाे तुलसीपुरस्थित राप्ती बबई क्याम्पस पछाडि रहेको वईलकम हाटेलमा तुलसीपुर उपमहानगरपालिका–४ वनहरी निबासी दिपेन्द्र वली र तुलसीपुर –१६ निबासी विष्णु डाँगीमाथि आक्रमण भएको हो ।
आक्रमणबाट गम्भीर घाइते भएका दिपेन्द्रलाई राप्ती लाइफ कियर हस्पिटलमा सामान्य उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ भने विष्णुलाई सामान्य चोट लागेको छ । घटनामा संलग्न रहेका तुलसीपुर–६ गाईडर निबासी वुद्ध केसी, बादल केसी, नितेश केसी फरार रहेका छन् । फरार व्यक्तिको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रहरी प्रमुख रन्जन स्वाँरले जानकारी दिए। घटना राति साढे नौ बजे भएको थियो ।