असोज २१, काठमाडौँ ।
काठमाडौँको जडिबुटीमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ । भने मोटरसाइकल पछाडि सवार व्यक्ति घाइते भएका छन् । गएराति काठमाडौँ महानगरपालिका ३२ मा बा ८० प ६३३७ नम्बरको मोटलसाइल दुर्घटना हुँदा दोलखाका ३३ वर्षका शिवकुमार फुयालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उहाँको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा राति नै मृत्यु भएको हो । दुर्घटनामा परेर घाइते भएका दोलखाका ५२ वर्षका काशीनाथ बजगाइको ट्रमा सेन्टरमै उपचार भइरहेको छ । अनियन्त्रित भएर विजुलीको पोलमा मोटरसाइकल ठोक्किएको प्रहरीले जानकारी दिनुभयो ।