आज बडादसैँको दोस्रो दिन, माता भगवती ब्रह्मचारिणीको पुजाआजा गरिँदै – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

आज बडादसैँको दोस्रो दिन, माता भगवती ब्रह्मचारिणीको पुजाआजा गरिँदै

    मा प्रकाशित

आज बडादसैँको दोस्रो दिनः माता भगवती ब्रह्मचारिणीको पूजा गरिँदैअसोज २२, दाङ ।
बडादसैँ अन्तर्गत आज नवरात्रको दोस्रो दिन शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको विशेष पुजाआजा गरिँदै छ । ब्रह्मचारिणी देवीलाई ब्रहम विद्या शक्तिकी माताको रुपमा पुजाअर्चना गर्ने प्रचलन रहिआएको छ ।

शक्तिपीठहरूमा विहानैदेखि दर्शनार्थीहरुको भीड लागेको छ । ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरुमा उल्लेख छ ।आश्विन शुक्ल प्रतिपदादेखि सुरु भएको दसैँ पूर्णिमासम्म परम्पराअनुसार दुर्गा भवानीको पूजा आरधाना गरी हर्षोल्लासका साथ मनाउने गरिन्छ ।

आज पनि राजधानी काठमाडौँका तलेजु भवानी, गुह्वेरी, दक्षिणकाली, कालिकास्थान, मैतीदेवी, इन्द्रायणी, विजेश्वरी, शोभाभगवती, नक्साल भगवती र भद्रकालीमा दर्शनार्थीहरूको विहानैदेखि भीड लागेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्