अफगानिस्तानमा कुपोषणका कारण १० लाख बालबालिकाको ज्यान खतरामा – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

अफगानिस्तानमा कुपोषणका कारण १० लाख बालबालिकाको ज्यान खतरामा

    मा प्रकाशित

एजेन्सी ।
अफगानिस्तानमा कुपोषणका कारण १० लाख बालबालिकाको ज्यान खतरामा रहेको छ । तत्काल सहायता नपुगे त्यहाँका १० लाख बालबालिकाको ज्यान जाने खतरा रहेको युनिसेफले जनाएको हो ।

यही हप्ता अफगानिस्तानको भ्रमण गरेका युनिसेफका उप कार्यकारी निर्देशक उमर आब्दीले तत्काल सहायता नपुगे कम्तीमा पनि १० लाख अफगानी बालबालिकाको कुपोषणका कारण ज्यान जाने जोखिम रहेको बताउनु भएको हो । उहाँले अफगानिस्तानमा बालबालिकामा कुपोषणको समस्या बढ्दै गएकाले अवस्था जटिल बन्दै गएको पनि उल्लेख गर्नु भएको छ।

उहाँले आफ्नो भ्रमणका क्रममा काबुलमा रहेको एक बाल अस्पतालमा गम्भीर कुपोषण भएर भर्ना भएका बालबालिकासँग भेट गर्नु भएको छ । यस्तै, युनिसेफले तालिबानलाई बालबालिकाको स्वास्थ्यमा ध्यान दिन र खोप तथा पोषणयुक्त खानेकुरा र स्वच्छ पानी उपलब्ध गराउन आग्रह गरेको छ।

यस्तै, बालबालिकाहरु पोलियोको जोखिममा पनि रहेकाले उनीहरुलाई तत्काल खोप दिने व्यवस्था गर्नसमेत युनिसेफले आग्रह गरेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्