मा प्रकाशित
कार्तिक १, काठमाडौं । आज साेमबार दिउँसो काठमाडौँ उपत्यका लगायत क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो १: ४६ मिनेट जाँदा भूकम्पको धक्का महशुस भएको हो ।
राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार ४.७ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पका कारण हालसम्म कुनै क्षतिको विवरण आएको छैन ।