दाने बोहरा
कार्तिक ३, हुम्ला ।
हुम्लाको खापुर्नाथ गाउँपालिका वडा ५ खर्पेल गाउँमा पहिरोमा पुरिँदा ६ जनाको मृत्यु भएको छ । आइतबार राति देखि आएको लगातारको वर्षाले गयराति धाविरे शाहीको घर माथिबाट आएको पहिरोमा पुरिँदा एकै घरका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक हेरम्बा शर्माले बताउनुभयो ।
खर्पेल गाउँस्थित धनबिरे शाहीको घरमा मङ्गलबार राति माथीबाट खसेको पहिरोले घर पुरिदा धनबिरे शाहीसँगै कलबहादुर शाही, आशा शाही र उहाँका ११ , ५ र ३ वर्षका छोरा पुरिएर मृत्यु एको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतको टोलीले पहिरोमा पुरिएका मृतक ६ जनाको शब निकाली आजै हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।