प्रधानमन्त्री देउवाले आज कोप–२६ मा सम्बोधन गर्ने – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

प्रधानमन्त्री देउवाले आज कोप–२६ मा सम्बोधन गर्ने

    मा प्रकाशित

कार्तिक १५, दाङ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलनलाई सम्बोधन गर्नुहुने छ ।

कोप–२६ ले परिचित सम्मेलनमा सहभागि हुन प्रधानमन्त्री देउवा गएराति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्कटल्याण्डको ग्लास्को पुग्नुभएको छ ।स्थानीय समयानुसार आज दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भई प्रधानमन्त्री देउवाले सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । साथै उहाँले विभिन्न विशिष्ट व्यक्तिसँग पनि भेटवार्ता गर्नुहुनेछ ।

भ्रमणको क्रममा उहाँले भोलि भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । भोलि नै प्रधानमन्त्री देउवाले श्रीलङ्काका राष्ट्रपतिसँग भेटवार्ता तथा विश्व बैंक, आइएमओ र युके एमओडीका पदाधिकारीसँग पनि साइडलाइन बैठक गर्नुहुनेछ । हिजोदेखि सुरु भएको सम्मेलन नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्