मंसिर १८, दाङ
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ३० हजार ६८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हालसम्म १ करोड ८९ लाख ९२ हजार ९०४ मात्रा कोरोनाविरुद्धको खोप लगाइसकिएको छ ।
यसमध्ये ८६ लाख ६७ हजार २५९ जनाले पूर्ण मात्रा र १ करोड ३ लाख २५ हजार ६४७ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ ।
नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार ३९२ जना सङ्क्रमित भएका छन् ।
यस्तै, ८ लाख ४ हजार १०८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कोरोना निको हुने दर ९७ दशमलब ७ प्रतिशत छ । हाल देशमा सक्रिय सङ्क्रमितको संख्या ६ हजार ७४४ रहेको छ ।