६० वर्षभन्दा माथिका व्यक्तिलाई तीन महिनापछि थप एक मात्रा खोप लगाउने तयारी – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

६० वर्षभन्दा माथिका व्यक्तिलाई तीन महिनापछि थप एक मात्रा खोप लगाउने तयारी

    मा प्रकाशित

काठमाडाैँ,२३ मंसीर । सरकारले भेरोसेल खोप लगाएका ६० वर्षभन्दा माथिका व्यक्तिलाई तीन महिनापछि थप एक मात्रा लगाउने तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका प्रमुख डा.विवेक कुमार लालले भेरोसेलको दुई मात्रा लगाएका ६० वर्ष माथिका व्यक्तिलाई कम्तिमा तीन महिनापछि थप एक मात्रा लगाउन सिफारिस गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार राष्ट्रिय खोप सल्लाहकार समिति र विश्व स्वास्थ्य सङ्गठनले उपलब्ध गराएको तथ्यका आधारमा कोरोनाविरुद्धको खोप भेरोसेल लगाएका ६० वर्ष वर्षभन्दा माथिका नागरिकलाई थप १ मात्रा खोप लगाइने तयारीमा सरकार जुटेको हो । यस्तै भेरोसेलको दुई मात्रा लगाइसकेका रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिलाई पनि तेस्रो मात्रा दिइने उहाँको भनाइ छ । उहाँले सरकारले कोरोनाविरुद्धको बुस्टर खोपको विषयमा हालसम्म कुनैपनि निर्णय नभएकाले यस विषयमा अहिले नै धेरै चिन्ता नगर्न पनि आग्रह गर्नुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्