निमावि शिक्षक भर्नाका लागि विज्ञापन खुल्यो – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

निमावि शिक्षक भर्नाका लागि विज्ञापन खुल्यो

    मा प्रकाशित

काठमाडौं, ७ पुस । शिक्षक सेवा आयोगले निमावि तहमा दुई हजार पाँच सय ९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।

माध्यमिक तहमा शिक्षक भर्नाका लागि विज्ञापन आह्वान भएको एक साता नबित्दै शिक्षक सेवा आयोगले बुधबार निमावि तह (निमावि तृतीय श्रेणी) मा पनि शिक्षक भर्नाका लागि दरखास्त आह्वान गरेको हो।

जारी सार्वजनिक सूचना अनुसार सबैभन्दा बढी अंग्रेजी विषयमा छ सय २४ जना शिक्षकका लागि दरखास्त आह्ववान भएको छ।  त्यस्तै, नेपाली विषयमा चार सय ३७, गणितमा तीन सय ७१, विज्ञानमा चार सय ४०, सामाजिक अध्ययनमा तीन सय ५३, शुक्लयर्वेदमा एक, गणित÷विज्ञानमा तीन सय ६४, संस्कृत व्याकरणमा तीन, संस्कृत भाषामा चार र संस्कृत कर्मकाण्डमा एक शिक्षकका लागि कोटा छुट्याइएको छ।

आउँदो माघ ६ गतेसम्म नियमित र १० माघसम्म बिलम्ब शुल्क बुझाएर दरखास्त दिन सकिने सूचनामा उल्लेख गरिएको छ। १८ वर्ष पूरा भई ४० वर्ष ननाघेकाले आवेदन दिन पाउनेछन्। परीक्षा १७ चैतमा हुनेछ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्