विश्वभर एकैदिन थपिए ३५ लाखभन्दा धेरै कोरोना सङ्क्रमित, ३० लाख बढी निको – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

विश्वभर एकैदिन थपिए ३५ लाखभन्दा धेरै कोरोना सङ्क्रमित, ३० लाख बढी निको

    मा प्रकाशित

विश्वभर एकैदिन ३५ लाखभन्दा धेरै कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै विश्वभर कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ३४ करोड नाघेको छ । गत २४ घण्टामा ३५ लाख ४६ हजार नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको सङ्ख्या ३४ करोड २९ लाख नाघेको वल्डोमिटरले जनाएको छ । यस्तै २४ घण्टामा ३० लाख निको भएसँगै कोरोना जित्नेको सङ्ख्या, २७ करोड ६२ लाख नाघेको छ ।

 

यस्तै ९ हजार सङ्क्रमितको भने मृत्यु भएको छ । अहिलेसम्म विश्वभर ५५ लाख ९२ हजार सङ्क्रमितको मृत्यु भएको छ । अझै पनि ६ करोड १० लाख सक्रिय सङ्क्रमित रहेकामा ९५ हजारको अवस्था जटिल रहेको र बाँकीको अवस्था सामान्य रहेको वल्डोमिटरले उल्लेख गरेको छ । अहिलेसम्म संयुक्त राज्य अमेरिकामा मात्रै संक्रमितको संख्या ७ करोड नाघेको छ ।

 

गत २४ घण्टामा ६ लाख ९२ हजार नयाँ सङ्क्रमित थपिँदा १ लाख ५५ हजार निको भएका छन् भने २ हजार ७ सयको मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्