फाइजर र बायोएनटेक कम्पनीले ओमिक्रोन–विशेष कोभिड–१९ खोपको परीक्षण सुरु गरेको छ ।कम्पनीहरूले नयाँ खोपबाट प्राप्त सुरक्षालाई बुस्टर मात्राको रूपमा र खोप नलगाएका व्यक्तिहरूमा तीनवटा छुट्टाछुट्टै मात्रा लगाएर परीक्षण गर्ने योजना बनाएका बीबीसीले उल्लेख गरेको छ ।
१४ सय भन्दा धेरै वयस्कलाई परीक्षणमा सहभागी गराइने खबरमा उल्लेख छ । अमेरिकी कम्पनी मोर्डना, अक्सफर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले पनि कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोनविरुद्धको नयाँ खोप बनाइरहेको छ ।
खोप विकासकर्ताहरूले जहिले पनि नयाँ भेरियन्टहरू देखा पर्दा तिनीहरूको मूल कोभिड खोपहरू परिमार्जन गर्ने योजना बनाएका थिए, तर पछिल्लो दुई महिनामा दु्रत रूपमा फैलिएको ओमिक्रोन स्ट्रेनको आगमनले त्यो प्रक्रियालाई छिटो बनाइदिएको छ।धेरै देशहरूले अब उनीहरूको मौलिक खोपको बूस्टर वा तेस्रो डोज प्रस्ताव गरेका छन्, जसले गम्भीर रोग र मृत्युविरुद्ध राम्रो स्तरको सुरक्षा प्रदान गरेको खबरमा उल्लेख छ ।