माघ १५, काठमाडौँ ।
स्थानीय तह निर्वाचनको विषयमा छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुङ्गिएको छ । निर्वाचनको विषयमा मिति तय गर्नका लागि बसेको बैठकमा सहमति नजुटपछि आज अपराह्न फेरि बस्ने गरी बैठक सकिएको छ ।
स्थानीय तह निर्वाचनबारे छलफल गर्न शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।
निर्वाचन आयोगले वैशाखमै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति तोक्न आग्रह गरेपछि गठबन्धन सरकार दबावमा छ ।
स्रोतका अनुसार अपरान्ह ४ बजे बस्ने बैठकले त्यस सम्बन्धमा आवश्यक निर्णय गर्नेछ ।