स्थानीय निर्वाचन : मतगणना स्थलमा सिसि क्यामेरा राखिने – Kanika Khabar
Thursday, May 16Nepali News Portal

स्थानीय निर्वाचन : मतगणना स्थलमा सिसि क्यामेरा राखिने

    मा प्रकाशित

काठमाडौ, १७ चैत । सरकारले स्थानीय तहको चुनावको मतगणनास्थलमा सीसी क्यामेरा राख्ने गरी व्यवस्था मिलाउन ७ सय ५३ आटै स्थानीय तहलाई पत्राचार गरेको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आयोगको आग्रहमा यस्तो पत्राचार गरेको हो ।                                                                  निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तहले पनि सीसीक्यामेरा राख्ने आग्रहका सम्बन्धमा सकारात्मक प्रतिक्रिया दिएका छन् ।                                     आज आयोजित पत्रकार सम्मेलनको क्रममा आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले आयोगले आफैं किनेर सीसी क्यामेरा राख्दा चुनावपछि त्यसको उपयोगिता नहुने भएकाले सम्बन्धित पालिकालाई नै राख्न आग्रह गरिएको बताउनुभयो ।उहाँका अनुसार प्रत्येक मतगणनास्थलमा सीसी क्यामेराको व्यवस्था मिलाइनेछ ।                              निर्वाचन आयोगले सीसी क्यामेरामार्फत केन्द्रबाटै अनुगमन गर्नेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्