पन्जाब विजयी – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

पन्जाब विजयी

    मा प्रकाशित

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा पन्जाब विजयी भएको छ।मुम्बईमा भएको खेलमा पन्जाबले साविक विजेता चेन्नई सुपर किङ्सलाई ११ रनले पराजित गरेको हो।

पन्जाबले दिएको १ सय ८८ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन समेटिएको हो।चेन्नईका लागि अम्बाती रायडुले ७८, रुतुराज गायकवाडले ३० रन जोड्दा कप्तान रविन्द्र जडेजाले अविजित २१ रन बनाए। पन्जाबका कागिसो रबडा र ऋषि धवनले दुईदुई विकेट लिए।

पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८७ रन जोडेको थियो। उसका लागि शिखर धवन ८८, भानुका राजपाक्षेले ४२ रन जोड्दा लियाम लिभिङस्टोनले १९ रन जोडे। चेन्नईका ड्वाने ब्राभोले दुई विकेट लिए।

छैटौं स्थानमा उक्लिएको पन्जाबले ८ खेलमा ८ अंक जोडेको छ। नवौं स्थानको चेन्नईको यो छैटौं हार हो। उसले ८ खेलमा ४ अंक जोडेको छ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्