जनतालाई हेप्दा नेताको टाउकोमा लौरो बजारियो : पौडेल – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

जनतालाई हेप्दा नेताको टाउकोमा लौरो बजारियो : पौडेल

    मा प्रकाशित

जेठ २१, काठमाडौँ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले चाहेको भन्दा फरक उम्मेदवार भएका कारण काठमाडौँ महानगरपालिकामा हार व्यहोर्नु परेको बताएका छन् । नेता पौडेललेृ दलहरुले वंशवादको घेराभित्र रहेर र जनतालाई हेपेर निर्णय गर्दा नेताको टाउकोमा लौरो बजारिएको बताएका हुन् । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार उठाएर जनतालाई हेपेका कारण राजनीतिक दल काठमाडौँ महानगरको मेयर बन्न नसकेको बताए ।

आज शनिवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले काठमाडौँ महानगरपालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताए। वरिष्ठ नेता पौडेलले आफूले कामपाको मेयरका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारेको बताउँदै नेताले नमान्दा राजनीतिक दल हार बेहोर्न बाध्य भएको बताए ।

 

उनले भने, ‘राजनीतिक दलहरूले जनतालाई हेपेर निर्णय गर्नुहुँदैन । कांग्रेसका नेताले पनि जनतालाई हेपेर निर्णय गरे, एमालेका नेताले पनि । दुवै पार्टीले छानेका उम्मेदवार उपयुक्त थिएनन् । तीभन्दा उपयुक्त धेरै मान्छेहरू थिए । उम्मेदवारी दिँदा नै वंशवादको आधारमा दिइयो, त्यो गलत भयो । जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा । मैले त्यति बेला पनि भनेको हो, मेरो केही लागेन । म निर्णायक ठाउँमा होइन । पार्टी सभापति नै निर्णायक हुन्छ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्