असार ७, दाङ ।
एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले आफ्नो अन्तिम खेलमा आज हङकङसँग खेल्ने भएको छ । मलेसियामा जारी च्याम्पियनसिप अन्तर्गत आजको खेल किनरारा ओभल मैदानमा मध्याह्न १२ बजेबाट सुरु हुनेछ ।
नेपाल यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । हिजो भएको खेलमा बहराइनलाई ८ विकेटले पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको छ । हङकङविरुद्ध मैदान उत्रदा नेपाल लगातार चौंथो जित निकाल्दै समूह विजेता बन्न चाहन्छ ।
समूह ‘बी’ मा रहेको नेपाले ३ खेलमा ६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । भने हङकङ २ खेलमा ४ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।