फिफा वरीयतामा नेपालको स्थान खस्कियो, ८ स्थान तल झर्दै १ सय ७६ औँ स्थानमा – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

फिफा वरीयतामा नेपालको स्थान खस्कियो, ८ स्थान तल झर्दै १ सय ७६ औँ स्थानमा

    मा प्रकाशित

असार ९, काठमाडौँ ।
नेपाल फिफा वरीयतामा एकै पटक ८ स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको पछिल्लो वरीयतामा नेपाल ८ स्थान तल झर्दै १७६ औं स्थानमा पुगेको छ ।

 

यसअघि मार्चमा जारी भएको वरीयतामा नेपाल १६८ औं स्थानमा रहेको थियो । नेपाल एकै पटक वरीयतामा धेरै स्थान गुमाएको सन् २०१४ पछि यो पहिलो पटक हो । त्यस वर्ष सेप्टेम्बरमा नेपाल एकै पटक १७ स्थान तल झरेको थियो ।

नेपालले गत जेठमा कुवेतमा खेलेको एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा समूह चरणको ३ वटै खेलमा पराजित भएको थियो । छनोटमा नेपाल जोर्डनसँग २–० ले, कुवेतसँग ४–१ ले र इन्डोनेसियासँग ७–० ले पराजित भएको थियो । ३ खेल हारेको असर वरीयतामा समेत परेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्