असार ९, दाङ ।
जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले मुलुकमा प्राविधिक शिक्षाको क्षेत्रमा निजि क्षेत्रको अहम भुमिका रहेको बताउँदै प्राविधिक शिक्षामा निजी क्षेत्रले लगानी बढाउनुपर्ने कुरामा जोड दिएका छन् ।
राप्ती इन्जिनियरीङ कलेजले नवआगन्तुक विद्यार्थिहरुलाइ स्वागत तथा अभिमुखिकरण कार्यक्रममा आज बिहिवार प्रमुख अतिथिका समेत रहेका प्रमुख शर्माले यस्तो बताएका हुन् । प्रमुख शर्माले प्राविधिक शिक्षाको माग पछिल्लो समयमा अत्यधिक बढिरहेकाले त्यसलाइ सम्वोधन गर्न सरकार एक्लैले नसक्ने भन्दै प्राविधिक शिक्षामा लगानी बढाउन पनि निजी क्षेत्रलार्इ आग्रह गरे ।
‘हामीलाइ विक्ने शिक्षा चाहिएको छ, त्यो प्राविधिक शिक्षा हो, त्यस अर्थमा प्राविधिक शिक्षालार्इ अव गाउबस्ती सम्मै लैजान आवस्यक छ’, अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि शर्माले भने । मुलुकभरि सरकारी तीन वटा मात्रै प्राविधिक शिक्षालय भएको अवस्थामा करिव डेढ दशक अघिनै राप्ती इन्जिनियरीङ कलेजले प्राविधिक शिक्षाको आवश्यकता बोध गरेको भन्दै प्रमुख अतिथि शर्माले प्राविधिक शिक्षाका हरेक विधामा अव स्थानीय तहमै पठनपाठनको व्यवस्थापन हुनुपर्ने बताए ।
विसिए दोस्रो बर्ष तथा विइ सिभिल प्रथम बर्षका विद्यार्थिहरुले स्वागत तथा अभिमुखिकरण कार्यक्रमको आयोजना गरेका हुन् ।
कार्यक्रमका अध्यक्ष समेत रहेका राप्ती इन्जिनियरीङ कलेजका प्रमुख कार्यकारी अधिकृत डा शैलेन्द्र गिरीले आफुहरुले यहांका निम्न तथा मध्यमवर्गिय समुदायका विद्यार्थीलाई प्राविधिक शिक्षा यहिनै दिन सकिन्छ भन्ने मान्यताका साथ पन्ध्र बर्ष अघि देखेको प्राविधिक शिक्षाको सपना अहिले आएर पुरा हुदै गरेको स्मरण गरे ।
कार्यक्रममा विसिए प्रमुख विश्वबन्धुथापा, विइ सिभिलका प्रमुख वावुराम जोसी लगायतले नवआगन्तुक विद्यार्थिहरुलाइ स्वागत गदेै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
राप्ती इन्जिनियरिङ कलेजका प्रवन्ध निर्देशक भिमसेन गिरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण क्याम्पसका विद्यार्थीद्धय सत्यसिंह रोकाय र गौरी चौधरीले गरेका थिए ।
सो अवसरमा राप्ती इन्जिनियरीङ कलेजले नवनिर्वाचित जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, उपप्रमुख चेतना चौधरी, जिल्ला समन्वय समितिका सदस्य जुनु कुमारी बुढामगर तथा कल्पना सेर्पाइलीलार्इ स्वागत एवं सम्मान गरेको थियो ।
कार्यक्रममा विद्यार्थिहरुले विविध सांस्कृृतिक प्रस्तुतीहरु देखाएका थिए । साथै अभिमुखिकरण कार्यक्रम पनि जारीरहेको छ ।् दुइदिन सम्म चल्ने अभिमुखिकरण तालिममा डा शैलेन्द्र गिरी, नारायण नेपाल, योग प्रशिक्षक रविन्द्र बस्नेत तथा इन्जिनियर प्रज्वल आचार्यले प्रतिक्षण दिने बताइएको छ ।