एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेलेर टोली स्वदेश फर्कियो – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप खेलेर टोली स्वदेश फर्कियो

    मा प्रकाशित

असार १३, दाङ ।
एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपका लागि मलेसिया गएको नेपाली महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । नेपाली क्रिकेट टोली बिहान ५ः५६ मा नेपाल आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

 

नेपाल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएसँगै एसिया कप क्रिकेटमा छनोट हुन असफल भएको छ । युएईविरुद्धको पहिलो सेमिफाइनल वर्षाको कारण रद्द हुँदा नेपाल बाहिरिएको हो ।समूह चरणमा समूह विजेता बनेको कारण युएई फाइनल पुगेको हो ।

 

युएईले मलेसियालाई हराएर उपाधि जितेको थियो ।फाइनल पुग्ने दुई टोली महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्