जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी – Kanika Khabar
Wednesday, May 8Nepali News Portal

जङ्गली च्याउ खाँदा बुटवलमा १५ जना बिरामी

    मा प्रकाशित

अस्मिना पाण्डे
असार १६, बुटवल ।

बुटवलमा विषालु च्याउ खाँदा १५ जना बिरामी भएका छन् । बिरामी हुनेमा विषालु च्याउ खाँदा बुटवल उपमहानगरपालिका –१२ नयाँ गाउँका ६ जना, वडा नं. ४ लक्ष्मीनगरका ७ जना र वडा नं. १३ बेलबासका २ जना रहेका छन् ।

 

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार हिजो जङ्गलबाट ल्याएको च्याउ खाँदा बुटवल उपमहानगरपालिका– १२ नयाँगाउँका २८ वर्षका रिना बिक, २८ वर्षका कमला बिक, ८ वर्षका सुप्रिया बिक, ३८ वर्षका बिष्णु बिक, ३३ वर्षका दुर्गा बिक र ५० वर्षका हुम बहादुर बिक बिरामी भएका हुन् ।यस्तै बुटबल–४ लक्ष्मीनगरका ६२ वर्षका हिमा कुमारी छन्त्याल, ६२ वर्षका गौरिमाया सेन, ६५ वर्षया दिपा सेन, १४ वर्षका यथार्थ जिसी, ४२ वर्षका मञ्जु सेन, ६४ वर्षका हरी सेन, र ३७ वर्षका प्रकाश सेन बिरामी भएका छन् ।

 

यस्तै बेलबास शान्ति चोकका ४५ वर्षका पेमा थापा, ४३ वर्षका शुसिला रोका, २८ वर्षका रिमा बिक, २८ वर्षकै कमला बिक, ८ वर्षका सुप्रिया बिक, ३८ वर्षका विष्णु बिक, ३३ वर्षका दुर्गा विक, ५० वर्षका हुमबहादुर बिक बिरामी भएको प्रहरीले जनाएको छ । बिरामी भएका सबैको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरूमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको र आईसीयूमा उपचार भइरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्