दाङ प्याब्सनकाे आयाेजनामा हाजिरीजवाफ, गाेरखा घाेराही प्रथम – Kanika Khabar
Monday, May 6Nepali News Portal

दाङ प्याब्सनकाे आयाेजनामा हाजिरीजवाफ, गाेरखा घाेराही प्रथम

    मा प्रकाशित

साउन २८, दाङ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) दाङकाे आयाेजनामा आधारभूत तह स्तरीय हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएकाे छ ।

आज शनिबार दाङकाे घाेराहीमा हाजिरीजवाफ कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रममा गाेरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी स्कुलका विद्यार्थी प्रथम, राप्ती साउर्थन एकेडेमीका विद्यार्थी द्वितीय र मुनलाइट माविका विद्यार्थी तृतीय भएका हुन् ।

प्याब्सन दाङका अध्यक्ष मधुसूदन केसीकाे अध्यक्षता तथा प्याब्सन दाङका बरिष्ठ सल्लाहकार केशब थापाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । बरिस्ठ उपाध्यक्ष विजय जिएमकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमकाे सहजीकरण सह सचिव विकास रजाैरेले गरेका थिए भने क्विज सञ्चालन नवराज खत्रीले गरेका थिए

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्