अनसनरत डा.केसी र सरकारबीच आज पनि वार्ता हुने – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

अनसनरत डा.केसी र सरकारबीच आज पनि वार्ता हुने

    मा प्रकाशित

असोज ४, दाङ ।
९ दिनदेखि अनसनरत प्रा.डा.गोविन्द केसी पक्ष र सरकारबीच आज पनि वार्ता हुँदैछ । आइतवारदेखि सुरु भएको वार्तामा हालसम्म कुनै पनि सहमति हुन नसकेपछि आज पनि दुबै पक्षबीच वार्ता हुन लागेको हो ।

डा.केसी पक्षबाट वार्तामा सहभागी प्रितम सुवेदीका अनुसार वार्ता बिहान १० बजे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा हुनेछ । गत सोमवार कैलालीमा अनसन सुरु गर्नुभएका डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चिकित्सकले काठमाडौं लैजान आग्रह गरेका छन् ।

अनसनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि वार्ता निष्कर्षमा पु¥याएर उहाँको जीवनरक्षा गरिदिन नेपाल चिकित्सक सङ्घले सरकारसँग माग गरेको छ । सेती प्रादेशिक अस्पतालले बहुविशेषज्ञ भएको विशिष्टिकृत अस्पतालमा स्थानान्तरण गर्न सुझाव दिएसँगै चिकित्सक सङ्घले अविलम्ब वार्ता निष्कर्षमा पु¥याउन आग्रह गरेको हो ।

डा. केसीको उपचारमा संलग्न चिकित्सकले हिजो केसीको पेटमा अल्सर भई आन्तरिक रक्तश्राव भएको आशङ्का गर्दै विशिष्टिकृत अस्पतालमा लैजान सुझाव दिएका थिए । विभिन्न ८ बुँदे मागसहित डा.केसीले २० औँ पटक अनसन बस्नुभएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्