दाङमा ‘उदय– मनिला’ साँझ – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

दाङमा ‘उदय– मनिला’ साँझ

    मा प्रकाशित

दाङ, ६ असोज

विजयादशमी तथा दीपावलीको अवसरमा घोराहीमा युगल सांगितिक साँझ हुने भएको छ । हिन्दुहरुको महान् पर्व विजयादशमी तथा शुभ दीपावली–२०७९ का अवसरमा घोराहीमा सांगीतिक साँझ हुने भएको हो । ॐ संगीत कला केन्द्र घोराहीको आयोजनामा घोराहीमा सांगीतिक साँझ हुने भएको हो ।

आयोजक ॐ संगीत कला केन्द्र घोराहीले आज बिहीवार घोराहीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो । सुगम संगीतका वरिष्ठ कलाकारहरु उदय सोताङ र मनिला सोताङ युगल सांगितिक साँझ हुने आयोजकले जानकारी दिएको छ ।

साविक राप्तीमै पहिलो पटक यो जोडीको सांगितिक साँझ आयोजना गरिएको आयोजक ॐ संगीत कला केन्द्र घोराहीका संयोजक राजेन्द्र दाहालले जानकारी दिनुभयो । असोज १६ गते फुलपातीका दिन घोराहीको माला ईन होटलमा बेलुका साढे ५ बजेदेखि कार्यक्रम हुने आयोजक संस्थाले बताएको छ।

कार्यक्रममा प्रवेशका लागि ५ सय र १ हजार रुपैयाको टिकटको व्यवस्था गरिएको संयोजक दाहालले जानकारी दिनुभयो । ‘दशैको बेलामा शुभकामना आदानप्रदान गर्ने अवसर पनि र सांगितिक माहोल श्रृजना गर्ने उद्धेश्यकासाथ यस कार्यक्रमको आयोजना गरिएको हो’ दाहालले भन्नुभयो– ‘यो कार्यक्रम सफल बनाउनका लागि सबैको साथ सहयोग र सकारात्मक सल्लाहको पनि अपेक्षा गरेका छौँ ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्