रहेनन् शताब्दी पुरुष सत्यमोहन – Kanika Khabar
Monday, May 6Nepali News Portal

रहेनन् शताब्दी पुरुष सत्यमोहन

    मा प्रकाशित

असोज ३०, दाङ ।
शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । आज आइतबार बिहान ७ बजेर ९ मिनेटमा वाङ्गमय शताब्दी पुरूष जोशीको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा तीन साताअघि भर्ना भएका जोशीको आइसियुमै राखेर उपचार भइरहेको थियो।

१०३ वर्षीय जोशी स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते किष्ट अस्पतालमा भर्ना भएका थिए। पछिल्लो समय उनलाई छातीमा निमोनियाको संक्रमण र पिसाबमा संक्रमण देखिएको थियो।

अघिल्लो साता रगत परीक्षणको क्रममा उनमा डेंगुको संक्रमणसमेत पुष्टि भएको थियो।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्