जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ – Kanika Khabar
Sunday, May 5Nepali News Portal

जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ

    मा प्रकाशित

तनहुँ, ३ माघ ।

जिल्ला अदालत तनहुँले बालिका बलात्कारको आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ। न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको अदालतको वेबसाइटमा उल्लेख छ।

जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो।
नाबालिगलाई झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक–पटक पलले बलात्कार गरेको भन्दै उनको परिवारले तनहुँ प्रहरीमा उजुरी दिएका थिए ।

पीडित परिवारले नवलपुर प्रहरीमा पनि १५ गते जाहेरी दिएको थियो। नवलपुर अदालतले उनलाई बलात्कार मुद्दाबाट सफाइ दिएपनि बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो। जिल्ला अदालत तनहुँले पल शाहका म्यानेजर कृष्ण जोशीलाई पनि सफाइ दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्