दाङमा सीता एयरकाे परीक्षण उडान, अब साप्ताहिक उडान भर्ने – Kanika Khabar
Sunday, May 5Nepali News Portal

दाङमा सीता एयरकाे परीक्षण उडान, अब साप्ताहिक उडान भर्ने

    मा प्रकाशित

दाङ, १३ माघ
दाङको टरिगाउँ एयरपोर्टमा सिता एयरले हप्तामा एकपटक उडान भर्ने भएको छ । शुक्रबार टरिगाउँ एयरपोर्टमा परीक्षण उडान भरेको सिता एयरले पहिलो चरणमा हप्तामा एक पटक दाङ काठमाडाैँ उडान भर्ने प्रवन्ध निर्देशक राजेन्द्र बहादुर सिंहले बताए । उडान परीक्षणपछि प्राविधिक समस्या, यात्रु लगायतका विषयमा बोर्डमा छलफल गरेर १० दिनपछि नियमित उडान भर्ने सिंहले बताउनुभयो । यात्रुको मागलाई मध्यनजर गर्दै उडानको तालिका र समय थप्दै जाने उहाँले बताए ।

सो अवसरमा जहाजका पाइलट रविन्द्र डंगोलले धावनमार्गलाई विस्तार गर्नुपर्ने बताउँदै आकाशमा उड्ने चराको नियन्त्रण र एयरपोर्टको उत्तर तर्फ रहेका घरमा राखिएका टंकी, पोल हटाउनुपर्ने बताए । जग्गा प्रशस्त भए पनि धावनमार्ग कम हुँदा ६ हजार ४ सय किलो बोक्न सक्ने क्षमता भएको जहाजले ५ हजार ७ सय किलो मात्रै बोक्न सक्ने बताउँदै पाइलट डंगोलले क्षमता अनुसार यात्रु बोक्नका लागि अझै विस्तार गर्नुपर्ने बताए । परीक्षण उडान भरेको 9 N-AJH कल साइनको सिता एयरको जहाज दिउँसो १ः१८ मिनेट जाँदा एयरपोर्टमा अवतरण भएको थियो ।।

सो अवसरमा सिता एयरका प्रवन्ध निर्देशक, पाइलट लगायतको टिमलाई स्वागत गरिएको थियो । परीक्षण उडानपछि आयोजित कार्यक्रमलाई तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्का, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, युवा व्यवसायी बिमल रिजाल लगायतले नियमति उडान गरेमा सहयोग गर्ने बताएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्