काठमाडौं, ६ चैत्र ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेले विश्वासको मत नदिने भएको छ ।
एमाले संसदीय दलको बैठकमा एमाले विश्वासकाे मत नदिने निर्णय गरेकाे हाे ।
माओवादीमा रहेका अरुको कुनै दोष नभएको, तर प्रचण्डले जंगबहादुर शैलीमा पार्टी चलाउने गरेको एमालेले आरोप छ ।
दिउँसो १ बजे प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन् । यसअघि गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए । त्यतिबेला संसद बैठकमा उपस्थित २७० सांसदहरुमध्ये प्रचण्डले २६८ मत पाएका थिए ।