उपनिर्वाचन तनहुँ १ : आफ्ना मतदाताका अभिभारासहित भट्टराईले दिए वाग्लेलाई बधाई – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

उपनिर्वाचन तनहुँ १ : आफ्ना मतदाताका अभिभारासहित भट्टराईले दिए वाग्लेलाई बधाई

    मा प्रकाशित

दाङ, १२ वैशाख ।
उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ का नेपाली काङ्ग्रेसका उम्मेदवार गोविन्द भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएका उम्मेदवार स्वर्णिम वाग्लेलाई बधाई दिदै आफ्ना मतदाताका अभिभारा ग्रहण गरिदिन आग्रह गरेका छन् । निर्वाचन परिणाम घोषणा भएपश्चात सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता भट्टराईले आफ्ना मतदाताका विश्वासलाई अभिभाराका रुपमा लिइदिन आग्रह गरेका छन् ।
यस्तो स्टाटस
प्रिय स्वर्णिमजी !
सर्वप्रथम तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई !

चुनावी यात्राका दौरानमा हामीबीच सौहार्द प्रतिष्पर्धा रह्यो ।
र, संयोगले तपाईं निर्वाचित हुनुभयो । मैले मेरा क्षेत्रका मतदाताको अपेक्षा पूरा गर्ने विश्वास दिलाउन सकिनँ, तपाईंले सक्नुभयो ।

तपाईं यस क्षेत्रको आधिकारिक प्रतिनिधि निर्वाचित भइरहँदा मप्रतिका विकास अपेक्षा राखेका मतदाताको विश्वास पनि अब तपाईंको अभिभारा बन्न पुगेको छ ।
मैले पदको सपना नदेखे पनि यस क्षेत्रको विकासे अभियन्ताका रुपमा निरन्तर खटेको हुँ। अब पनि खटिरहनेछु । अनि तपाईंले चाहेमा यहाँका मतदाताको विकासे चाहना पूरा गर्ने अभियानमा मेरो रचनात्मक सहयोग अनि खबरदारीपूर्ण साथ रहिरहनेछ ।

यहाँका मतदाताको अति ठूलो अपेक्षा अनि भरोशा पूरा गर्न र राजनीतिक यात्रामा अब्बल बन्न सक्नुहोस्, मेरो धेरै धेरै शुभकामना छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्