नेपाल त्रिकाेणात्मक टी- २० सिरिजकाे फाइनलमा – Kanika Khabar
Thursday, May 9Nepali News Portal

नेपाल त्रिकाेणात्मक टी- २० सिरिजकाे फाइनलमा

    मा प्रकाशित

दाङ, २९ फागुन ।
पपुवा न्युगिनीलाई पराजित गर्दै नेपाल हङकङमा जारी त्रिकाेणात्मक टी- २० सिरिजकाे फाइनलमा पुगेकाे छ।

आज मङ्गलबार बिहान पपुवा न्युगिनी (पिएनजी)लाई ८५ रनले पराजित गर्दै सिरिजकाे फाइनलमा पुगेकाे हाे।

नेपालले दिएकाे १९९ रनकाे लक्ष्य पछ्याएकाे पिएनजी १६.१ ओभरमा ११३ रन बनाएर अलआउट भयाे।

पिएनजीका हिरी हिरीले २८, सेसे बाउले २१, टाेली उराले १३ तथा नाेसाइना पाेकानाले १२ रन प्रहार गरे।

नेपालका कुशल भुर्तेलले ४ तथा प्रतिस जिसीले २ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनाएकाे थियाे। जसमा कुशल भुर्तेल र सुन्दीप जाेराले अर्धशतक प्रहार गरे।

याे जितसँगै नेपाल ३ अंङ्कसहित सिरिजकाे फाइनलमा पुगेकाे छ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्