संखुवासभाको शिलिचोङ् पहिरो पिडीतलाई सहयोग – Kanika Khabar
Sunday, May 5Nepali News Portal

संखुवासभाको शिलिचोङ् पहिरो पिडीतलाई सहयोग

    मा प्रकाशित

कनिका संवाददाता
साउन १, संखुवासभा
संखुवासभाको शिलिचोङ् गाउँपालीका एक बेसिन्दामा असार २७ गते गएको पहिरो पिडीतलाई सङ्खुवासभा–अमेरिका जनसम्पर्क समितिले करिव दुई लाख रुपैयाँ सहयोग गरेको छ । संखुवासभा घर भई अमेरीकामा बिभिन्न पेशा ब्यवसायमा सङ्लग्न रहेका नेपालीले एक लाख ९७ हजार तीन सय ६८ रुपैयाँ सङ्कलन गरि पठाएको संखुवासभा–अमेरीका जनसम्पर्क समितिले जनाएको छ । पीडितलाई तत्काल राहत उपलब्ध गराउन उक्त रकम पठाइएको समितिका अध्यक्ष कृष्णराज गिरीले जानकारी दिनुभयो । अहिलेसम्म तीन लाख सात हजार तीन सय ६८ रुपैयाँ जम्मा भइसकेको र त्यसमध्येबाट आज पिडीतका लागि ७० हजार बराबरको अत्यावश्यक सामग्री खरिद गरि पठाइएको छ । असार २७ गते शिलिचोङ १ बेसिन्दामा गएको पहिरोमा परि ११ जना बेपत्ता छन् भने एकजनाको शव निकालिएको छ । पहिरोबाट ८२ घरधुरीका करिव चार सय घरपरिवार बिस्थापीत भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्