छथर गाउँपालिकाका एकल पुरुषलाई भत्ता – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

छथर गाउँपालिकाका एकल पुरुषलाई भत्ता

    मा प्रकाशित

कनिका खबर
साउन १४, तेह्रथुम
तेह्रथुमको छथर गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने तयारी गरेको छ । छथर गाउँपालिका भित्र रहेका तथा विभिन्न कारणले एकल बनेका पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिने तयारी रहेको गाउँपालिकाका अध्यक्ष सन्तबिर लिम्बुले बताउनुभयो । गाउँपालिकाले एकल पुरुषहरूको तथ्याङ्क संकलन गरी वार्षिक रुपमा एकमुष्ठ पाँच हजार दिइने प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले जानकारी दिनुभयो । विपन्नताकै कारण कतिले सामान्य उपचारसम्म पाउन नसकेको र बिहान बेलुका छाक टार्न समेत मुस्किल परेको भन्दै गाउँपालिका उपाध्यक्ष तारा खरेलले सामाजिक सुरक्षा भत्ताले एकल पुरुषलाई राहत मिल्ने बताउनुभयो । गाउँपालिकाले अघिल्लो वर्षमा जेष्ठ नागरिकलाई घरमै पुगेर उपचार दिनुको साथै गाउँपालिका उपहारको रुपमा लौरो प्रदान गरेको थियो । दिर्घरोगीलाई ५ हजारदेखि २५ हजारसम्म उपचारका लागि आर्थिक सहयोग दिइंदै आएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो । जटिल बिरामीहरूको घरमै पुगेर गाउँपालिका अध्यक्ष आफैंले उद्धार गरी उपचारमा सहयोग गर्दै आएको उहाँको भनाइ छ । स्थानीय सरकार भएको प्रत्याभुति गराउने उद्देश्यका साथ वर्षेनी नयाँ तथा प्रवाभकारी कार्यक्रमहरू ल्याएको अध्यक्ष लिम्बुको दावी छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्