मा प्रकाशित
कनिका खबर
साउन २५, दाङ ।
समुदाय स्तर कोरोना सङ्क्रमण फैलन थालेपछि काठमाडौँ प्रवेशका लागि नयाँ नीति अपाइएको छ । सीसीएमसीले २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं उपत्यका आवतजावत गर्न पूर्ण रुपमा रोक लगाउन सरकारलाई सिफारिस गरेको हो ।
सीसीएमसीको आज आइतबार बसेको बैठकले उपत्यका प्रवेशमा कडाइ गर्न सिफारिस गरेको छ । यसबारे भोलि सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्णय गर्न स्रोतले बताएको छ ।