कनिका खबर
साउन २६, दाङ
बेलायतमा कोरोना सङ्क्रमणको दर फेरि बढेको छ । गत २४ घण्टामा १ हजार ६२ नयाँ सङ्क्रमित फेला परेका समाचार एजेन्सी रोयटर्सले जनाएको छ । जुन महिनापछि एकै दिनमा यति धेरै कोरोना सङ्क्रमित फेला परेको यो पहिलो पटक हो । अघिल्लो दिन ७ सय ५८ जना नयाँ सङ्क्रमित फेला परेका थिए ।
सङ्क्रमण फैलिनबाट रोक्न बेलायत सरकारले केही स्थानमा लकडाउन गरेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार बेलायतमा हालसम्म ३ लाख १२ हजार ५ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६ हजार ६ सय ५९ जनाको मृत्यु भएको छ ।