वरिष्ठ लोकगायक कमल बि.के. निर्मोहीलाई कोरोना पुष्टि – Kanika Khabar
Tuesday, May 7Nepali News Portal

वरिष्ठ लोकगायक कमल बि.के. निर्मोहीलाई कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
साउन २६, दाङ ।
वरिष्ठ लोक गायक कमल बि.के. निर्मोहीलाई कोरोना पुष्टि भएको छ । नेपालगञ्ज निवासी गायक निर्मोहीको स्वाब भेरी अञ्चल अस्पताल नेपालगञ्जमा गरिएको थियो । चार दिन पहिले परीक्षणको लागि स्वानब संकलन गरिएको गायक तथा सञ्चारकर्मी निर्मोहीले बताए । अस्पतालले आज सोमबार परीक्षण रिपोर्ट सार्वजनिक गर्दै उनलाई कोरोना सङ्क्रमण भएको पुष्टि गरेको हो ।
वरिष्ठ लोक गायक तथा सञ्चारकर्मी अहिले होम आइसोलेसनमा नै रहेका छन् । उनले कनिका खबरसँग कुरा गर्दै भने, ‘अब सरकारको नीति नियमलाई पालना गर्दै केही बेरमा खजुरास्थित आइसोलेसनमा जाने तयारीमा छु ।’ उनले थपे, ‘मलाई कोरोनाका कुनै लक्षण देखिएका थिएनन् तर, सचेत नागरिकको हैसियतले आफै नै परीक्षण गराएको हुँ, परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आयो । लक्षण नदेखिदा पनि कोरोना हुन सक्छ तसर्थ हामी आफू सचेत रहेर अरुलाई पनि पनि सचेत गराउने हो ।’

गायक निर्मोही लामो समयदेखि सञ्चार क्षेत्रमा पनि आवद्ध रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्