चीनले कोरोना भाइरस विरुद्धको तेस्रो चरणको खोप परीक्षण सुरु गर्‍यो – Kanika Khabar
Tuesday, April 30Nepali News Portal

चीनले कोरोना भाइरस विरुद्धको तेस्रो चरणको खोप परीक्षण सुरु गर्‍यो

    मा प्रकाशित

कनिका खबर
साउन २७, दाङ ।
चीनले कोरोना भाइरस विश्रद्धको तेस्रो चरणको खोपको परीक्षण सुरु गरेको छ । चीनको सरकारी कम्पनी साइनोफार्मले कोरोना भाइरस विरुद्ध बनाउँदै गरेको खोपको तेस्रो चरणको परीक्षण सुरु गरेको हो ।

बहइनको एउटा टापुका मानिसमा तेस्रो चरणको खोप परीक्षण सुरु गरेको समाचार संस्था रोयटर्सलाई उदृत गर्दै विभिन्न समाचार संस्थाले खबर लेखेका छन् । कम्पनीले योभन्दा पहिला जुलाई महिनामा यूएईको राजधानी आबुधाबीमा खोपको मानव परीक्षण सुरु गरेको थियो ।

यो खोप चीनको सरकारी कम्पनी साइनोफार्म,चाइना बायोटेक्नोलोजी र आबुधाबीलगायतका कम्पनी मिलेर बनाइरहेका छन् । मानव परीक्षण सफल भए खोप सुरक्षित भएको मानिन्छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्