मा प्रकाशित
कनिका खबर
साउन ३०, मोरङ ।
मोरङ जिल्लास्थित कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा उपचाररत सिरहाको विष्णपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।
टाइफाइड, ज्वरो, खोकी र श्वास–प्रश्वाससम्बन्धी समस्या भएर सिरहाबाट आएका उनलाई बुधबार राति २ बजे अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।